दुलेगौंडा
सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछानेको हिरासत बसाँइ अझै लम्बिएको छ ।
जिल्ला अदालत कास्कीले थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
आइतबार जिल्ला न्यायाधिश हिमलाल बेल्बासेको इजासलले रवि विरुद्धको मुद्वामा म्याद थप गरेको छ ।
रविसँगै गोरखा मिडिया नेटवर्कमा व्यवसायिक साझेदार बनेका पूर्वडिआईजी छविलाल जोशी, गितेन्द्रबाबु राई (जिबी)सँग मिलेर सूर्यदर्शन सहकारीको तीन करोड बढी अपचलन गर्ने गीता पछाई र नेचर हर्ब्स इन्टरनेशनलका सञ्चालक रामबहादुर खनालको पनि ४ दिन म्याद थप भएको हो ।
प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत १३ दिनको म्याद माग गरेको थियो ।