दुलेगौंंडा
माध्यमिक तहस्तरीय शैक्षिक सामग्री प्रदर्शनी तथा शैक्षिक मेलामा नेपाल पुलिस स्कुल बेलचौतारा पहिलो भएको छ ।
शुक्लागण्डकी नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले शुक्रबार आयोजना गरेको मेलामा सहभागी २५ विद्यालयलाई पछि पार्दै पुलिस स्कुल पहिलो बनेको हो ।
पञ्चमुनिदेव मावि दुलेगौंडा दोस्रो भएको छ । जनकल्याण मावि तेस्रो, सान्तवना खैरेनी माध्यमिक विद्यालय र लिटल गार्डेन आवसीय मावि बन्यो ।
पहिलो, दोस्रो, तेस्रो, र सान्त्वनाले क्रमशः १० हजार, ८ हजार, ६ हजार र ४ हजार रुपैयाँको साथमा प्रमाणपत्र प्राप्त गरेको शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत शुसिल नरालले जानकारी दिए ।
उनका अनुसार शुक्लागण्डकीका २६ माध्यमिक तहको पढाइ हुने विद्यालयका विद्यार्थीले बनाएका शैक्षिक सामाग्री प्रदर्शनीमा राखिएको थियो ।
जनकल्याण मावि बेलचौतरामा भएको मेलामा ४ हजार दुई सय जनाले मेलाको अवलोकन गरेको दाबी गरिएको छ ।
विज्ञान, नेपाली, सामाजिक, गणित र अंग्रेजी विषयका सामग्री विद्यार्थीले तयार पारेर प्रदर्शनीमा ल्याएका थिए । विद्यार्थीले परम्परागत सामाग्रीदेखि आधुनिक रकेटसम्म तयार पारेका छन् ।