विद्यार्थीलाई सिकाइयो स्थानीय सरकार गठन र जिम्मेवारी

दुलेगौंडा– विद्यार्थीलाई स्थानीय सरकार गठन र सञ्चालनको प्रक्रियाबारे प्रशिक्षण दिइएको छ । लियो डिष्ट्रिक काउन्सील ३२५ एम नेपालको आयोजना र शुक्लागण्डकी नगरपालिका वडा नम्बर ६ को कार्यालयको आर्थिक सहयोगमा विद्यार्थीलाई विद्यार्थीलाई स्थानीय सरकार गठन र सञ्चालनको प्रक्रियाबारे प्रशिक्षण दिइएको हो ।

दुलेगौंडामामा दुई दिनसम्म प्रशिक्षण चलेको थियो । संविधानले परिकल्पना गरेको तीन तहको सरकार अन्तर्गतको तल्लो सरकारको गठन प्रक्रिया र दायित्वबारे विद्यार्थी सहभागी भएर प्रशिक्षण लिएका हुन् ।

दुई दिने प्रशिक्षणमा शुक्लागण्डकी–६ का तीन विद्यालयका ३५ विद्यार्थीको सहभागिता रहेको थियो । शुक्रवार निर्वाचनकै माध्यमबाट नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, वडा सदस्य चयन गरेको जिल्ला अध्यक्ष प्रेमराज तिवारीले बताए ।

निर्वाचनमा खैरेनी माविका शिवकुमार श्रेष्ठले २० मत ल्याएर नगर प्रमुखमा निर्वाचित भएका थिए । सुर्योदय इङ्लीस बोर्डिङ स्कुलकी अनाशिन राना सर्वसम्मत नगर उपप्रमुख भइन । प्रमुख प्रशाकीय अधिकृतको भूमिका क्रिस्टिना रानाले निर्वाह गरेकी थिइन् ।
कार्यक्रममा बोल्दै वडाध्यक्ष बुद्धिबहादुर थापाले अहिलेदेखि विद्यार्थीलाई स्थानीय सरकार गठनबारे जानकारी दिनुपर्ने बताए ।

शुक्लागण्डकी–६ का सदस्यहरु कुलकुमार कुमाल, भक्तबहादुर राना, लियो क्लब अफ दुलेगौंडा खैरेनी सिटीका अध्यक्ष विवेक वाग्ले, कार्यक्रम संयोजक प्रविण श्रेष्ठ लगायतले बोलेका थिए ।

तालिममा राष्ट्रिय युवा परिषदका प्रशिक्षक अविनाश कार्कीले सहजिकरण गरेका हुन् । लियो क्लब अफ दुलेगौंडा खैरेनी सिटीले स्थानीय रुपमा कार्यक्रमको संयोजन गरेको हो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.