कोटीहोममा वाचन प्रवीण दिनबन्धु पोखरेल आउने

पोखरा

पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा वाचन प्रवीण दिनबन्धु पोखरेल आउने भएका छन् । कोटीहोममा पोखरेलले आगामी बैशाख २८ गतेदेखि जेठ ३ गते कथा वाचन गर्ने कार्यक्रम तय भएको कोटीहोमका प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।

ढकालका अनुसार पोखरेल आफ्नै झाँकी समूह र सगीत समूह सहित कोटीहोममा सहभागी हुनेछन् । १७दिनदेखि जारी कोटीहोममा एक सय कुण्डमा हवन, भजन चुट्का प्रतियोगिता, चर्चित भारतीयआचार्य प्रशान्त कृष्ण पंराकुशजी लगायत साधु सन्तमार्फत रामायण प्रवचन र वाचिका सुप्रिया मार्फत दैनिक कथा वाचन भइरहेको छ ।

यसअघि अनुराधा पाण्डेद्वारा श्यामद भागवत कथा प्रवचन, १४ दिनसम्म अन्तर्राष्ट्रिय कथावाचिका देवीप्रतिभाले श्रीमद्भागवत कथा वाचन गरेर पोखरेलीको मन जितेकी थिइन् । उनलाई जेठ १० देखि १६ गते सम्मका लागि पुनःपोखरा ल्याउने प्रयास भइरहेको संकल्पकर्ता विजय कृष्णमूर्तिले जानकारी दिए ।देवी हाल भारतको झारखण्डमा छन् ।

आइतबार पनि बिहान ८ः०५ बजे हवन कुण्डमा हवन गरिएको छ । एक सय वटा हवन कुण्डमा तीन, तीनजना ब्राह्मणले भगवती गायत्रीमन्त्र विधिबाट हवन गरेका थिए । साथैएक सय आठ भागवतमहापुराण पाठ परायण, चार वेद पाठ परायण, सप्तचण्डी, अति रुद्री, मन्त्र जप लगायतमा ब्राह्मणले पाठ गरे ।

शनिबार देखि खुला भजन चुट्का प्रतियोगिता जारी छ । प्रतियोगितामा देशभरबाट करिब तीन सयजनाले प्रतिस्पर्धा गरिरहेको संयोजक प्रजापति पराजुलीले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुनेलाई तीनलाख ५५ हजार ५५५ रुपैयाँ, द्वितीय हुनेलाई दुईलाख ५५ हजार ५५५ रुपैयाँ, तृतीय हुने समूहलाई एक लाख ५५ हजार ५५५ रुपैयाँ र चौंथो हुने दुई समूहलाई ६५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा विभिन्न ११ विधामा २५ हजार पाँच सय २५ रुपैयाँका दरले पुरस्कारको व्यवस्था छ ।

वैशाख ३ गते भूमिपूजन र यज्ञ कुण्ड खनी महायज्ञ स्थलमा दैनिक रूपमा कथा वाचन हुँदै आएको छ । कोटीहोम २०८२ जेठ २६ गतेसम्मपोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आपपासका स्थानीयको जग्गामा सञ्चालन हुनेछ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.