तनहुँको म्याग्देमा बस दुर्घटना हुँदा २५ जना घाइते

दमौली – पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–४ घुम्तीमा आज दिउँसो यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन्।

पोखराबाट सुर्खेततर्फ जाँदै गरेको ना ५ ख ६८४१ नम्बरको बस दुर्घटना हुँदा २५ जना घाइते भएका हुन्। चालकले नियन्त्रण गुमाउँदा बस सडकदेखि अन्दाजी २० मिटर तल खोल्सामा खसेको थियो।

बस दुर्घटनामा घाइतेको प्रदेश अस्पताल दमौली, रत्नहरि अस्पताल दमौली र म्याग्दे पोलिक्लिनिकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.