तनहुँको मादी नदीमा जिप खस्यो, तीन जनाको मृत्युु

दुलेगौंडा
तनहुँको मादी नदीमा पुलको रेलिङ भाँचेर जिप खस्दा तीन जनाको मृत्यु भएको छ । गएराती दुर्घटना भएको हो ।

तनहुँको दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग २ च ५७६० नम्बरको जिप पुलकाे रेलिङ भत्काएर नदीमा खसेको छ । जीपमा पाँच जना सवार भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए ।

तीन जनाको उद्धार गरेर दमौली अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको उनको भनाइ छ । `रातीको समय भएकाले मृतकको पहिचान खुल्न सकेको छैन´, उनले भने । शव दमौली अस्पतालमै राखिएको छ ।

घाइते दुई जना मध्य एक जना प्रदेश अस्पताल दमौलीबाट डिस्चार्ज भएका छन् । एक जनालाई थप उपचारका लागि दमौलीबाट गण्डकी मेडिकल कलेज पोखरा लगिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.