संकटालाई रोक्दै पाहुना टोली थन्डरबोल्टस क्वाटरफाइनलमा

पोखरा

संकटा क्लबलाई रोक्दै पाहुना टोली थन्डरबोल्ट नर्थ युनाइडेट भारत २४ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेको छ । शुक्रबार पोखरा रंगशालामा भएको खेलमा संकटालाई ३–१ गोल अन्तरले पराजित गर्दै थन्डरबोल्टले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो ।

खेलको १७ औं मिनेटमा संकटाका मनिष पौडेलले गोल गर्दै अग्रता दिलाएका थिए । संकटाको अग्रता लामोसमय रहेन । थन्डरबोल्टले ३४ औं मिनेटमा गरेको पेनाल्टी गोलमार्फत खेललाई बराबरीमा पु¥यायो । तालाले थन्डरबोल्टका लागि पहिलो गोल गरेका हुन् ।

७७ औं मिनेटमा थन्डरका करन राईले गोल थप्दै २–१ को अन्तर बनाए । खेलको ८४ औं मिनेटमा थन्डरका आदर्श तामाङले गोल गर्दै टोलीलाई सहज जित दिलाए ।
थन्डरबोल्टले सेमिफाइनल प्रवेशका लागि ब्ल्याक बुल्स फुटबल क्लब उज्केविस्तानसँग माघ २९ गते भिड्नेछ ।भोलिको खेलमा बिर्गेड ब्वाइज युके र नेपाली पुलिस क्लबबीच पहिलो क्वार्टरफाइनल खेल हुनेछ । पुलिसले प्रिक्वाटरफाइनलमा आयोजा सहारा क्लबलाई स्तब्ध बनाउदै बिर्गेडसँगको भेट पक्का गरेको हो ।

प्रतियोगितामा १२ टोली सहभागी छन्। आयोजक सहारा क्लबसँगै नेपाल पुलिब क्लब, बिर्गेड ब्वाइज क्लब युके, एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी क्बल, थ्रिस्टार क्लब, एपीएफ फुटबल क्लब, मच्छिन्द्र फुटबल क्लब, संकटा क्लब, भारतको थन्डेरबोल्ट नर्थ युनाइटेड र उज्बेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लब सहभागी टोली हुन् ।

माघ २३ देखि जारी प्रतियोगिताको फाइनल खेल फागुन ३ गते हुनेछ । प्रतियोगिताको उपाधि विजेताले १२ लाख रुपैयाँ प्राप्त गर्नेछ। उपविजेताले ६ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछ।

सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्दा विधागत रुपमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्टाइगर र प्रशिक्षकले २५ हजार नगदसँगै ट्रफी पुरस्कार पाउने छन्। फेयर प्लेको रुपमा एक टोलीलाई पुरस्कृत गरिनेछ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.