वडास्तरीय बाल सञ्जालको अध्यक्षमा आयुष पौडेल

दुलेगौंडा
शुक्लागण्डकी नगरपालिका वडा नम्बर ३ स्तरीय बाल सञ्जालको अध्यक्षमा आयुष पौडेल चयन भएका छन् । सोमबार शहीदकृष्ण माध्यमिक विद्यालयमा भएको वडास्तरीय बाल सञ्जालको अध्यक्षमा पौडेललाई चयन गरिएको हो ।


उपाध्यक्षमा अमिसा विक, सचिवमा प्रेरणा केसी, कोषाध्यक्षमा खुशी थापा, सहसचिवमा साधान खाँड चयन भए ।


सदस्यमा राजन कार्की, प्रतिमा गुरुङ, विकल्प श्रेष्ठ, युनिषा विक, दिप्सन सापकोटा, कृष्मा मरासिनी, जिया थापा मगर र राज नेपाली रहेका छन् । शिक्षक संयोजकमा शहीद कृष्ण मावीकी आशा पौडेल चयन भएकी छन् ।


वडास्तरी बाल सञ्जाल गठन तथा बालमैत्री स्थानीय शासन सम्बन्धि अभिमुखीकरण कार्यक्रममा बोल्दै शुक्लागण्डकीका उपमेयर खुमबहादुर विक ‘राजु’ ले नेतृत्व क्षमता विकास गर्न सञ्जालले सघाउने बताए । बालबालिका भोलिको देश हाँक्ने नेतृत्व रहेको उनको भनाइ थियो । उनले राज्यले बालबालिकालाई दिएको हक अधिकार सबै मिलेर प्रदान गर्नुपर्ने बताए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.