पञ्चमुनिका सुशान्त शुक्लागण्डकी टपर, पञ्चमुनिबाट कति भए उत्तीर्ण ?

दुलेगौंडा

पञ्चमुनि देव माध्यमिक विद्यालयबाट एसईई परीक्षा दिएका सुशान्त सिग्देल शुक्लागण्डकी नगरपालिकामै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएका छन् । शुक्रबार सार्वजनिक भएको नतिजा अनुसार सुशान्तले ३.९७ जिपिए ल्याएका हुन् ।
संस्थागत र सामुदायिकतर्फ उनले ल्याएको नतिजा नै सर्वोत्कृष्ट हो ।

पञ्चमुनिबाट १८० जनाले एसईई परीक्षा दिएका थिए । १४४ जना अर्थात ८० प्रतिशत विद्यार्थी उत्तीर्ण भएको विद्यालयले जनाएको छ ।

पञ्चमुनिबाट २४ जनाले ३.६ देखि ३.९७ जिपिए ल्याएका छन् । ३.२ देखि ३.६ जिपिएसम्म ल्याउने विद्यार्थीको संख्या ४३ जना रहेको छ । २.८ देखि ३.२ जिपिएसम्म ७६ जनाले ल्याएका छन् । २.४ देखि २.८ जिपिए ल्याउने विद्यार्थी १ जना छन् । ३६ जना ननग्रेड ल्याएका छन् ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.