तनहुँ
शुक्लागण्डकी नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष सुमन रानाले धम्कीपुर्ण भाषाको प्रयोग गर्दै हातखुट्टा भाँच्ने चेतावनी दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै हत्यासम्मको धम्की दिएका हुन् ।
आफ्ना विरोधीलाई कसरी प्रहार गर्ने खोजीमा रहेको बताए । `शुक्लागण्डकी- २ तनहुँको विकास निर्माण र सामाजिक सेवामा काम गर्दा वडा र कुनै पनी संघ संस्थाले नेतृत्व गरेर इमान्दरपूर्वक काम गर्दा समाज र विकास विरोधी धमिराहरुको पहीचान गरेर हात खुट्टा भाच्नु सामान्य हो । काँक्रो चिरे झै चिर्न मन छ । वडा र जनताको सेवामा समर्पित छु । तेस्ता विकास विरोधी भिजालान्तेहर लाई कसरी हान्नु पर्छ खोजीमा छु´, उनले लेखेका छन् ।
हामीले उनको फेसबुक ह्याक भएको हो कि भनेर बुझ्न खोज्दा आफैंले लेखेको बताए । सामाजिक काम गर्न नदिएपछि बाध्य भएर लेखेको उनको प्रस्टीकरण छ ।
उनले कस्लाई लेखेका हुन् प्रष्ट खुलाएका छैनन् । तर, उनको अराजक शैलीले गलत गर्दा पनि वडाबासीले आलोचनात्मक चेत प्रस्तुत गर्नलाई भने त्रसित वातावरण बनाएका छन् । अर्कोतर्फ जनप्रतिनिधिको रवाफ कतिसम्म छ भन्ने उदाहरण पेश गरेका छन् ।
ठेकेदार पृष्ठभूमिबाट उदाएका वडाध्यक्ष रानाले केही अघि अनौपचारिक वार्तामा पनि यस्तै विवादस्पद अभिव्यकति दिएका थिए ।