शुक्लागण्डकी महोत्सवमा आज भाले, राजन र जीवनले गाउने

दुलेगौंडा
चौथो शुक्लागण्डकी महोत्सवमा शनिबार आज चर्चित कलाकारहरुको प्रस्तुती रहने भएको छ । लोकदोहोरी कलाकारहरुले दर्शकलाई नचाउनेछन् ।
लोकदोहोरी गायक नवराज काप्री (धादिङे भाले), राजन कार्की, जीवन दाहाल आउने कलाकार संयोजक सुमन सापकोटाले बताए । लोकदोहोरी गायिका सरस्वती लामीछाने र लक्ष्मि बानियाँको पनि प्रस्तुती रहनेछ ।


शुक्रबारदेखि शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा चौथो संस्करणको शुक्लागण्डकी महोत्सव सुरु भएको हो ।

फागुन २० गतेसम्म जारी रहने महोत्सवमा घरेलु, कृषि, व्यवसायीक, रेष्टुरेन्ट, सामाजिक संस्थाका गरेर १७५ स्ठल रहेका महासचिव एवम् प्रवक्ता सुजन श्रेष्ठले जानकारी दिए ।

राष्ट्रिय तथा स्थानिय ख्यातिप्राप्त कलाकारको प्रस्तुती, लाइभ कन्सर्ट, बाल उद्यान, धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थलको पदयात्रा, खानाका परिकार, पुष्प प्रदर्शनी तथा बिक्रि, दैनिक उपभोग्य बस्तुको प्रदर्शनी एव बिक्री, हस्तकलाका सामान बिक्री तथा प्रदर्शनीलाई समावेश गरिएकोे छ ।

महोत्सवमा पालिकास्तरीय भलिबल प्रतियोगिता, रत्यौली प्रतियोगिता, कौरा नृत्य, विद्यालयस्तरीय खुला नृत्य प्रतियोगिता हुने आयोजकले जनाएको छ ।


महोत्सव अवधिभर २ लाख दर्शकले अवलोकन गर्ने अनुमान छ । ५ करोड रुपैयाको आर्थिक कारोवार हुने आयोजक शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले जनाएको हो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.