शुक्लागण्डकी महोत्सवमा पालिकास्तरीय भलिबल हुने

दुलेगौंडा

शुक्लागण्डकी महोत्सवमा भलिबल प्रतियोगिता हुने भएको छ । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले गर्न लागेको चौंथो संस्करणको महोत्सवमा पालिकास्तरीय खुला भलिबल प्रतियोगिता हुने भएको हो ।

खेलाडी उत्पादन र खेलकुदको विकास लागि भलिबल प्रतियोगितालाई समेत समेटेको उद्योग वाणिज्य संघका अध्यक्ष समुन्द्रराम श्रेष्ठले जानकारी दिए ।

पालिकास्तरीय भलिबलको उपाधि विजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले एक लाख, तेस्रोले ५० हजार र चौंथो हुने २५ हजार रुपैयाँ पाउने श्रेष्ठले बताए ।

भलिबलसँगै नृत्यु, रत्यौली र कौराहा प्रतियोगिता सञ्चालन गर्ने आयोजकको लक्ष्य छ ।

फागुनको ९ देखि २० गतेसम्म बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसको मैदानमा शुक्लागण्डकी महोत्सव हुदैछ । महोत्सवको तयारीलाई आयोजकले तिव्रता दिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.