एसईईमा शुक्लागण्डकीः दिवसले निल खायो, ज्ञान बगैंचा र जनकल्याण उत्कृष्ट

दुलेगौंडा

माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजामा शुक्लागण्डकी नगरपालिका–३ उदेनढुंगाको दीवस माविले निल खाएको छ । १५ जना विद्यार्थीले परीक्षा दिएकोमा सबैको नतिजा ननग्रेड आएको हो । दीवसले कक्षा ८ को परीक्षामा पनि निकै कमजोर नतिजा ल्याएको थियो ।

एसईईको नतिजा अनुसार संस्थागत विद्यालय ज्ञान बगैंचा इङलिस बोर्डिङ स्कुल शेराटोलको औसतमा ९५.२४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । ४२ जनाले परीक्षा दिएकोमा ४० जना उत्तीर्ण भए ।

सामुदायिकतर्फ जनकल्याण मावि बेलचौताराले ९३.३३ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ । जनकल्याणको ४५ मध्य ४२ विद्यार्थी उत्तीर्ण भएका हुन् ।

सामुदायिकमा पञ्चमुनिदेवले ८० प्रतिशत विद्यार्थी पास गराएर शुक्लागण्डकीमा दोस्रो भएको हो भएको हो । पञ्चमुनिबाट १८० जनाले एसईई परीक्षा दिएका थिए । १४४ जना अर्थात ८० प्रतिशत विद्यार्थी उत्तीर्ण भएको विद्यालयले जनाएको छ । तालबेसी मावि घारीले ४० मध्य २४ जना र छब्दी माविले १५ मध्य ९ जनालाई उत्तीर्ण गराएका छन् । दुवैले ६० प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएका छन् ।

१६ सामुदायिक विद्यालयका ६२२ विद्यार्थी परीक्षामा सामेल भएकोमा ३४१ जना उत्तीर्ण भएका छन् । प्रतिशतको आधारमा ५४.८२ हो ।

निल नभएपनि महेन्द्र माविले १ जना मात्रै उत्तीर्ण गराएको छ । शहीदकृष्ण मावि र राजपुर माविले २÷२ जना उत्तीर्ण गराएका छन् ।

संस्थागततर्फ दोस्रो स्थानमा लिटल गार्डेनको नतिजा आएको छ । लिटल गार्डेनले ३६ जना मध्य ३३ जनालाई पास गराएको हो । ९१.६७ प्रतिशत पास भएका छन् । सूर्योदय माविको भने निकै कमजोर छ । सूर्योदयले ३५.४८ प्रतिशत विद्यार्थी पास गरायो । ३१ जनामा ११ जना पास भएका हुन् ।

शुक्लागण्डकीका १२ संस्थागत विद्यालयबाट ३६४ जना एसईईमा सहभागी भएका हुन् । तिमध्य ७०.३३ प्रतिशत अर्थात २५६ जना पास भएका छन् ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.