साँखेमा महायज्ञको तयारी

साँखे

साँखेमा शिवरात्रीको अवसर पारेर महायज्ञ गर्नलाई तयारी थालिएको छ । शुक्लागण्डकी नगरपालिका–११ साँखे देवलमा ८ दिने महायज्ञ सञ्चालन गर्न लागिएको हो ।

क्याङदी खोलाको किनारमा रहेको शिवालय मन्दिरलाई धार्मिक धामको रुपमा विकास गर्न महायज्ञ आयोजना गरिएको मूल समारोह समितिका महासचिव कमलराज पौडेलले बताए । उनका अनुसार फागुन ८ देखि १५ गतेसम्म महायज्ञ सञ्चालन हुनेछ ।

शिवालय मन्दिर व्यवस्थापन समितिको आयोजनामा हुने महायज्ञमा पण्डित कपिल भट्टले कथा वाचन गर्नेछन् ।

महायज्ञमा संगीतमय कथा वाचनसँगै देवीलिला, जनचेतना मुलक नाटक देखाइने संयोजक गंगाराम भट्टराईले बताए । ‘हरेक दिन साँझ पितृ उद्धार श्रृंगारिक महाआरती हुनेछ’, उनले भने ।

फागुन १४ गते महाशिवरात्रीको दिन साँझ विशेष शिव ताण्डवसहित अखण्ड दीप प्रज्वलन गरिने जनाइएको छ ।

महायज्ञ उद्घाटनपूर्व विहान ९ बजेदेखि कलश तथा शोभायात्रा, बाजागाजासहितको झाँकी ¥याली निकाल्ने तयारी छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.