दुलेगौंडा
शुक्लागण्डकी नगरपालिका–११ साँखेमा हुने ‘महाशिवरात्री धार्मिक महोत्सव’ तयारी पूरा भएको छ । महोत्सव फागुन ८ देखि १५ गतेसम्म सञ्चालन हुनेछ ।
धार्मिक महोत्सवमा कथावाचक पण्डित श्री कपिल भट्टबाट संगितमय प्रवचन हुनेछ । क्याङदी र सेतेखोलाको दोभानमा रहेको शिवालय मन्दिरको स्तरोन्नती गर्नलाई महाशिवरात्री धार्मिक महोत्सव आयोजना गरेको सञ्चार संयोजक रमेश गौतमले जानकारी दिए ।
श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवम् श्रृङ्गारिक महाआरती सहितको धार्मिक महोत्सवबाट संकलन भएको रकमले मन्दिरको भौतिक विकाससँगै, दैनिक पुजा पाठ सुरु गर्ने उनले बताए ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा मन्दिरको बारेमा प्रचार गर्ने लक्ष्य रहेको महायज्ञ मुल समारोह समितिका संयोजक गंगाराम भट्टराईले बताए ।
महायज्ञमा श्रीमद् भागवत् पाठपारायण, चण्डिपाठ, रुद्रीपाठ, सहश्र जलधारा, ग्रहशान्ति, चौरासी पुजा, पितृतर्पण,तुलादान अखण्ड दिपप्रज्वलन र ठाडो बत्ती वाल्ने लगायतका कार्यक्रम समेटिएको छ ।