नीरा थापाले ल्याइन् ‘ऋषिङ्गे भेना’

तनहुँ

लोकदोहोरी गायिका नीरा थापा मगरको दोश्रो प्रस्तुती ऋषिङ्गे भेना सार्वजनिक गरिएको छ ।

नीराको स्वरसँगै अभिनय र लगानीमा ऋषिङ, घिरिङ क्षेत्रको मौलिक कौराहालाई टपक्कै टिपेर बजारमा ल्याएकी हुन् ।

मिस मगर २०२३ विजेता नीरा घिरिङ गाउँपालिका डाँडाथोककी हुन् । उनले आफ्नो स्वर्गीय बुवा यमबहादुर थापा र स्वर्गीय दाइ तुलबहादुर र प्रेम थापाप्रति समर्पित गरेर गीत बजारमा ल्याएको बताएकी छन् ।

नीराको युट्बल च्यानलमार्फ सोमबार सार्वजनिक भएको गीतले गाउँठाउँलाई विश्वमाझ चिनाउने विश्वास छ ।

उक्त गीतमा दुर्गा गुरुङ र नीरा थापाकाे स्वर छ । रुपी सिंजाली मगर र रिया गुरुङले कोरसमा स्वर दिएका छन् ।

रेशम गुरुङको लय तथा शब्द रहेको गीतमा तेजेन्द्र दुराको एरेन्ज हो । खैंजडीमा मनाङ गुरुङले साथ दिएका छन् । पर्सन गुरुङले रेकर्डिङ संयोजन गर्दै सुर साधना स्टुडियोमा रेकर्ड गरिएको हो ।

म्युजिक भिडियोको कोरियोग्राफी पर्सन गुरुङले गरेका हुन् । गायिका नीरा गुरुङ र आनन्द गुरुङले अभिनय गरेका छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.