तनहुँको यी हुन दमौलीको मादीमा जिप खस्दा मृत्युु हुने

दुलेगौंडा

तनहुँको दमौलीस्थित मादी नदिमा पुलको रेलिङ भाँचेर खसेको जिप दुर्घटनामा मृतकको पहिचान खुलेको छ । मृतक तीनै जना र घाइते दुई जनाको नै पहिचान खुलेको हो ।

दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग २ च ५७६० नम्बरको जिप दुर्घटनामा परेर तनहुँको व्यास नगरपालिका-५ बेतेनी बस्से २८ बर्षका प्रविन आले मगर, व्यास-५ मानुङसोहरा बस्ने २२ बर्षका कुशल थापा मगर र २२ बर्षका कुमार थापा मगरको मृत्यु भएको हो । गएराती १२ बजेर १० मिनेटमा दुर्घटना भएको थियो । जीपमा सवार पाँच जनालाई उद्धार गरेर प्रदेश अस्पताल दमौली लगिएकोमा तीन जनालाई चिकित्सकले मृत घोषणा गरेका हुन् ।

जिपका चालक तनहुँको ब्यास नगरपालिका- ४ बस्ने २४ बर्षका सनि बानीयाँको प्रादेशिक अस्पताल दमौलीबाट गएराती नै डिस्चार्ज गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

अर्का जिपमा सवार पर्साको प्रनानिपुर- ३ बस्ने २० बर्षका धिरज रोनीयारको मणिपाल शिक्षण अस्पताल रिफर गरिएको छ । उनको घाँटी, छातीमा भित्री चोट, दायाँ खुट्टामा काटेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.