दुलेगौंडा
पाँचौ संस्करणको खोरादी तथा तेस्रो ज्योति स्मृति कप भलिबल प्रतियोगितामा मंगलबार ६ खेल सम्पन्न भएको छ । पहिलो चरण अन्तर्गतको खेल भएको हो ।
सयपत्री पोखराले शितल टोललाई २–० सोझो सेटमा पराजित गरेको छ । अर्को खेलमा माझकोटले चन्डी देउरालीलाई २–१ को सेटमा पराजित गर्दैै अर्को चरणको यात्रा तय गरेको हो ।
तेस्रो खेलमा क्याङदी गाइजले साँखेलाई २–० को सोझो सेटमा हरायो । चौंथो खेलमा लोकदीटारलाई कालीकोटलाई सोझो सेटमा पाखा लगाउदै दोस्रो चरणको यात्रा तय गर्न सफल भयो । पाँचौ खेलमा बराहडाँडालाई बाजस्थलाले २–१ को सेटमा हराएको हो ।
अन्तिम खेलमा जनउत्थान युवा क्लबलाई आयोजक खोरादी युवा क्लबले सोझो सेटमा हराएर अर्को चरणमा प्रवेश गरेको छ ।
शुक्लागण्डकी नगरपालिका–१० खोरादीमा खोरादी युवा क्लबको आयोजना र खोरादी आमा समूहको सहआयोजनामा भएको पाँचौ खोरादी तथा तेस्रो ज्योति स्मृति कप भलिबल प्रतियोगिताको आइतबार उद्घाटन भएको हो ।
साविक गाउँ तथा वडास्तरीय प्रतियोगिता माघ २३ गतेसम्म प्रतियोगिता चल्नेछ । प्रतियोगिताको विजेताले ३० हजार रुपैयाँको साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने संयोजक गोविन्द आलेले जानकारी दिए । आलेका अनुसार उपविजेताले २० हजार रुपैयाँ हात पार्नेछ ।
सेमिफाइनलका उपविजेता दुई समूहले समान ५ हजार रुपैयाँ पाउने आलेले जानकारी दिए । उत्कृष्ट खेलाडी, स्पाइकर, लिफ्टरलाई समेत उचित पुरस्कारको व्यवस्था रहेको छ ।