कृष्ण सल्लाहकार परिषद्को संयोजक, रमेश डिबेटको संयोजक

दुलेगौंडा

नेपाल जेसीजले कृष्णबहादुर श्रेष्ठलाई सल्लाहकार परिषद्को संयोजकमा चयन गरेको छ । शुक्लागण्डकी जेसीजका पूर्वअध्यक्ष कृष्णलाई नेपाल जेसीजकी अध्यक्ष रजनी थापाले संयोजकमा चयन गरेकी हुन् ।

कृष्ण शुक्लागण्डकी जेसीको वर्ष २०२१ का अध्यक्ष थिए । उनी वर्ष २०२२ मा नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षसमेत बने ।

यस्तै शुक्लागण्डकी जेसीजका पूर्व अध्यक्ष रमेश भण्डारीलाई ‘जेसीआइ डिबेट एण्ड पब्लिक स्पिकिङ कम्पिटसन, एरिया बि’ को संयोजक चयन भएका छन् ।

श्रेष्ठ र भण्डारीको मनोनयनले जेसीय अभियानलाई परिणाममुखी बनाउने विश्वास व्यक्त गरिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.