शुक्लागण्डकी जेसीजले मिनि म्याराथन गर्दै

दुलेगौंडा– शुक्लागण्डकी जेसीजले मिनि म्याराथन गर्ने भएको छ । फागुन ७ गते शुक्लागण्डकी नगरपालिकामा अध्ययनरत माध्यमिक तहका छात्र छात्राबीच खुला मिनि म्याराथन आयोजना गरेको हो ।

पहिलो पटक गर्न लागेको मिनि म्याराथनको दुरी ५ किलोमिटर हुनेछ । शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीमा रहेको मुक्तिनाथ शुक्लागण्डकी च्यवनधामदेखि शुक्लागण्डकी–९ बाजस्थलामा रहेको ढोरवाराही मन्दिरसम्म दौड हुनेछ ।

पर्यटन प्रबद्र्धनसँगै युवालाई स्वदेशमै रोक्ने पहलका लागि म्याराथन आयोजना गरेको शुक्लागण्डकी जेसीजका अध्यक्ष प्रकाश विकले बताए ।

विजेताले ७ हजार, उपविजेताले ५ हजार र तेस्रोले ३ हजार रुपैयाँको साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने उनले जानकारी दिए ।

शुक्लागण्डकीका सबै विद्यालयबाट सहभागिता रहने उनको विश्वास छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.