दुलेगौंडा–राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन मूल्यांकनमा भानु नगरपालिका उत्कृष्ट ठहरिएको छ ।
बुधबार सार्वजनिक भएको मुल्यांकनमा तनहुँका १० स्थानीय तहमध्य भानु उत्कृष्ट ठहरिएको हो । जहाँ भानुले आयोगले दिएको कुल ७१.४ प्रतिशत अंक प्राप्त गरेको छ ।
तनहुँको घिरिङ गाउँपालिका भने पुछारमा छ । उसले ४३.२ प्रतिशत अंक प्राप्त गरेको छ । नगरपालिकातर्फ भने शुक्लागण्डकी नगरपालिका पुछारमा छ । शुक्लागण्डकीले ५२.४, व्यासको ५६.४ र भीमादको ६८.४ प्रतिशत अंक आएको हो ।
देवघाट गाउँपालिकाले ५०.७, आँबुखैरेनीले ५६, ऋषिङले ५६.३, म्याग्देले ५९.५, बन्दीपुर ५९.८ प्रतिशत अंक प्राप्त गरेको छ ।
स्थानीय सरकारले कार्यसम्पदान गर्ने १७ वटा सूचकलाई आधार मानेर अंक दिइएको थियो । सूचकमा विनियोजित रकम, खर्च, राजस्वको लक्ष्य, खर्च, सामुदायिक विद्यालयमा कक्षा १० मा पास हुने विद्यार्थीको संख्या, लेखापरीक्षण, बेरुजु रकम लगायत रहेका छन् ।