रुकमुबाट काठमाडौं हिँडेको बस तनहुँमा दुर्घटना, ७ जना घाइते

तनहुँ

रुकुम पश्चिमबाट काठमाडौं जाँदै गरेको यात्रुवहाक बस तनहुँमा दुर्घटना भएको छ । दुर्घटनामा परेर ७ जना घाइते भएका हुन् ।

मंगलबार विहान रुकुम पश्चिमबाट काठमाण्डौंतर्फ जादै गरेको प्रदेश १–०१–००१ ख ४१५२ नम्बरको बस र विपरित दिशाबाट आउदै गरेको बागमती प्रदेश ०१–००१ अ–यो ००२७ नम्बरको टिप्पर पृथ्वी राजमार्गमा ठोक्किएका हुन् । बन्दीपुर गाउँपालिका–४ गोरेचौतारामा दुर्घटना भएको हो ।

रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका–७ बस्ने बर्ष ४९ को हरिशचन्द्र खत्रीको खुट्टा फ्याक्चर भएको छ । अवस्था मध्यम भएका उनलाई थप उपचारका लागि सिएमसी अस्पताल भरतपुर चितवन रिफर गरिएको छ ।

मुसिकोट–६ का ३५ वर्षीय चन्द्रबहादुर रावल, सानिभेरी–४ की १७ वर्षीया विन्दु वली, सानिभेरी–४ का भद्रबहादुर वलीको अवस्था सामान्य छ । रुकुम पश्चिमकी ३५ वर्षीया सर्मिला पाण्डे, बस चालक नुवाकोटका ३० वर्षीय संजोग नेपाली घाइते छन् ।
टिप्पर चालक तनहुँको भानु नगरपालिका– १२ बस्ने कवाचित बस्ने बर्ष ४४ वर्षीय शंकर अधिकारीसमेत घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.