दुलेगौंडा
भानुभक्त बहुमुखी क्याम्पसको अध्यक्षमा दुर्गाकुमार श्रेष्ठ चयन भएका छन् । बुधबार भएको चौंथो क्याम्पस सभा एवम दोस्रो अधिवेशनले श्रेष्ठलाई अध्यक्ष चयन गरेको हो ।
शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा रहेको क्याम्पस सञ्चालक समितिको सदस्यमा खुमबहादुर विक, दीर्घबहादुर थापा, धुर्वकुमार मल्ल, रेशमलाल पौडेल, विमलप्रसाद पौडेल, पूर्णबहादुर थापा, शिव रेग्मी रहेका छन् ।
१५ सदस्यीय समितिको ४ सदस्य पदेन र तीन जना सञ्चालक समिति सदस्य चयन गर्न बाँकी रहेको छ ।
पदेन सदस्यमा क्याम्पस प्रमुख, शुक्लागण्डकी नगरपालिकाका मेयर वा मेयरले तोकेको व्यक्ति, प्रध्यापक संघका प्रतिनिधि र त्रिभुवन विश्वविद्यालयले तोकेको प्रतिनिधि रहनेछन् ।