पोखरा
सूर्यदर्शन बचत तथा ऋण सहकारीको मुद्वामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछानेकी पत्नी निकिता पौडेललाई पनि प्रतिवादी बनाइएको छ ।
आइतबार दायर भएको अभियोगमा निकितालाई जपथ प्रायोजनार्थ प्रतिवादी बनाइएको हो ।
जपथ प्रयोजनार्थ पौडेलसहित पद्मा बन्जाडे जोशी, रोचक जोशी, राधा पछाई र गीता पछाईंलाई प्रतिवादी बनाइएको छ । आठ कम्पनीलाई पनि जफथ प्रयोजनार्थ प्रतिवादी बनाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।
सम्पत्ति शुद्धीकरण मुद्वामा पूर्वगृहमन्त्री लामीछानेले २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ आर्जन गरेको अभियोग लागेको छ । तसर्थ निकितालाई पनि प्रतिवादी बनाइएको हो ।