दुलेगौंडा
नेकपा एमालेको जनसंगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज म्याग्दे गाउँपालिकाको अध्यक्षमा ध्रुबबहादुर नेपाली निर्वाचित भएका छन् ।
आइतबार भएको दोस्रो अधिवेशनले नेपालीको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
उपाध्यक्षमा खोपबहादुर नेपाली र कृष्णबहादुर सार्की, सचिवमा उमा कोइराला, सहसचिवमा केशरी सुनार र सरिता बोहोरा, कोषाध्यक्षमा नरमाया परियार चयन भए ।
सदस्यमा देउमाया विक, सन्ध्या दर्जी, कृष्ण विक, शेरबहादुर गैरे, राममाया परियार, कमल विक, नारायण सुनार, कल्पना परियार, रितु विक, रोहिणी बैध, सुनिता नेपाली, सरस्वती नेपाली, दुर्मती नेपाली रहेका छन् । एक जना सदस्य पछि मनोनित गरिनेछ ।
कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्यसमेत रहेका म्याग्दे गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, मुक्ति समाज केन्द्रीय सदस्य तथा तनहुँ इन्चार्ज मोहन बिश्वकर्मा, मुक्ति समाज केन्दीय सदस्य तथा पार्टी जिल्ला उपसचिव सुनिता नेपाली, मुक्ति समाजका जिल्ला अध्यक्ष भरत लामगादे लगायतले बोल्दै दलित अधिकार र हकहितका लागि एकजुट बन्नुपर्नेमा जोड दिए ।