आधारभूत शिक्षा परीक्षामा ४ जिपिए ल्याउने तीन जना

दुलेगौंडा– शुक्लागण्डकी नगरपालिकाले सञ्चालन गरेको कक्षा ८ को आधारभूत शिक्षा परीक्षामा तीन जनाले ४ जिपिए ल्याएका छन् । पञ्चमुनिदेव मावि दुलेगौंडाका दुई र खेरैनी मावि खैरेनीटारका एक विद्यार्थीले ४ जिपिए ल्याएका हुन् ।
पञ्चमुनिदेवकी अनुष्का परियार, अदिती घिमिरे र खैरेनीकी स्मारिका घिमिरेले ४ जिपिए ल्याएका हुन् ।

परीक्षामा ३३ विद्यालयका एक हजार ११३ जना परीक्षार्थी सहभागी भएकामा ८८५ जना उत्तीर्ण भए । सहभागी भएका मध्य उत्तीर्ण विद्यार्थी ७९.५१ प्रतिशत हुन् । २१ सामुदायिक र १२ संस्थागत विद्यालयका विद्यार्थीले परीक्षा दिएका थिए ।
शिक्षक, विद्यार्थीको वास्तविक क्षमता पहिचान गर्न नगरपालिकाले एसईईकै मोडलमा कक्षा ८ को परीक्षा सञ्चालन गरेको थियो । परीक्षामा औसत जिपिए २.३० आएको छ ।
३.६ देखि ४ जिपिए ल्याउने विद्यार्थी ४७ जना रहेका छन् । त्यसमा ब्राइट फ्युचर बोर्डिङ स्कुल बेलचौताराका ७ जनाले ३.६ देखि ४ जिपिए प्राप्त गरेका छन् ।
ज्ञान बगैंचा इङलिस बोर्डिङ स्कुल शेराटार, अरनिको बोर्डिङ स्कुल खैरेनीटार र नेपाल पुलिस स्कुल बेलचौताराका ६÷६ जनाले ३.६ देखि ४ सम्म जिपिए हासिल गरेका छन् । पञ्चमुनिदेव माविका ५ जना विद्यार्थी ३.६ देखि ४ सम्म जिपिए ल्याउने छन् ।

यो पनि पढ्नुस

शुक्लागण्डकीको आधारभूत शिक्षा परीक्षामा ५ विद्यालयबाट शतप्रतिशत उत्तीर्ण

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.