वाइसिएल शुक्लागण्डकीको अध्यक्षमा दीपेश, सचिव बने अभिषेक

दुलेगौंडा

नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसिएल शुक्लागण्डकी नगर समितिको अध्यक्षमा दीपेश गुरुङ चयन भएका छन् । बिहिबार भएको दोस्रो नगर अधिवेशनले दीपेशको नेतृत्वमा ५१ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन भएको हो ।

उपाध्यक्षमा सन्तोष कार्की र काशी ढुंगाना चुनिए । सचिवमा अभिषेक थापा मगर, सहसचिवमा महेन्द्र गौतम, मिलन गुरुङ र कोषाध्यक्ष शक्ति श्रेष्ठ बनेका छन् ।

सदस्यमा शक्ति राना, लेखबहादुर गुरुङ, शक्तिबहादुर गुरुङ, सुमन पुन, मुर्तजा मियाँ, निक थापा, भुवन थापा, लक्षु राना, निर्जन थापा, समिर राउत, सुसन आले, अविन थापा, गंगा गुरुङ रहेका छन् ।

प्रदीप पाठक, सञ्जय गुरुङ ‘विक्की’, प्रकाश गुरुङ, भीमसेन थापा, मिलन थापा, असिस महत, कृष्ण श्रेष्ठ, हर्कबहादुर श्रेष्ठ, रीजकुमार श्रेष्ठ, राम अधिकारी, सन्तोष भट्टराई, राजु थापा पनि सदस्यमा निर्वाचित भएका छन् ।

विशाल नेपाली, रवि पौडेल, सन्दिप विक, लक्ष्मण परियार, ध्रुव गुरुङ, सुरेन्द्र मगर, हिमाल महत, श्यामबहादुर परियार, दीपक भट्टराई, पूर्णबहादुर नेपाली, शिभप्रसाद गुरुङ, शंकर गुरुङ, गोविन्द गुरुङ रहेका छन् ।

दुलेगौंडामा भएको अधिवेशनमा वाइसिएल नेपालका इञ्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’, गण्डकी प्रदेश सदस्य विश्वजित गौतम, खुमबहादुर विक ‘राजु’, जौमाया वराल, वाइसिएल गण्डकी प्रदेशका संयोजक शरण सापकोटा, नेकपा माओवादी केन्द्र शुक्लागण्डकी नगर समितिका निर्वतमान अध्यक्ष मनराज गुरुङले माओवादी अब एक ढिक्का भएको २०८४ को निर्वाचनमा पहिलो पार्टी बन्नुपर्नेमा जोड दिए ।

नारायण पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन टुकबहादुर गुरुङ ‘प्रविन’ले गरेका थिए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.