विकासका पूर्वाधारहरुमध्ये मोटरबाटोलाई महत्वपूर्ण पूर्वधारको रुपमा प्राथमिकता दिइन्छ । विशेषगरगरि ग्रामिण सडकले नै कृषि , व्यपार पर्यटन, मानव स्वास्थ्य, शिक्षा आदिको ढोका खोल्दै गाउँ र सहर बिचको असमानता हटाउन महत्वपूर्ण भुमिका खेल्छ ।
अहिले नेपालमा सघं, प्रवेश र स्थानीय तहको बजेट ग्रामिण सडक बनाई समृद्ध नेपाल निर्माण गर्ने अभिलाषा मै बढि जोड दिएको पाईन्छ तर मोटरबाटो बने संगै गाउँघर तिर पहिरो र भु—क्षय बढिरहेको छ । बर्षामा नेपाल अधिकाँश ग्रामिण सडक र गाँउवस्तीहरुमा पहिरो नै मुख्य कारक तत्व बन्ने गर्दछन् ।
जसका कारण तल्लो तटीय क्षेत्रमा पानीको गुणस्तरमा ह्रास र परिस्थितिक प्रणालीमा नकारात्मक प्रभाव परिरहेको छ । वातावरणीय समस्याहरु थपिदै गएका छन् । नेपालको विशिष्ट भौगोलिक अवस्था, मनसुनमा अत्याधिक वर्षा, माटोको अस्थिरता, जमिनको कमजोर व्यवस्थापन, अत्याधिक वर्षा, माटोको अस्थििरता, जमिनको कमजोर व्यवस्थान, अत्यामिक चरिचरण, बन—विनाश आदिका कारण भु—क्षय भैरहेको छ । अहिले असारे विकासको आँकडालाई आधार मानेर यसको गहन अध्ययन गर्ने हो भने नेपालमा भु–क्षयको अवस्था कहाली लाग्दो देखिन सक्छ ।
विषयवस्तुको उठान :
यस पंक्तिकारलाई नेपालका ग्रामिण सडक किन विनाशको कारक बन्दै छन् त भन्ने चासोले कुतकुत्याई रहेको सन्दर्भमा केही कारक तत्वहरुको उठान गर्न पर्ने देखेकाले केही महत्वपूर्ण कारक तत्वहरुको बारेमा लेख्नै पर्ने देखिन्छ ।
अव्यवस्थीत रुपमा स्थानीयतहका जनप्रतिनिधीहरुले आफुखुसी ग्रामीण सडक बनाउने क्रममा अत्याधिक डोजरको प्रयोग गर्नु, नाली, रिटेनिङवाल लगायत संरचना नबनाउनु, अनियन्त्रित रुपमा उत्खनन् गर्न दिनु तर अनुगमन र रेखदेख गर्ने काम नगर्नु आदि कारणहरुले नै अत्याधिक भु–क्षय भई कैयौं धनजनको विनाश भैरहेको अवस्था छ । त्यसैले बेलैमा प्रत्येक तह र तप्काका हामीहरु सचेत हुनु पर्ने देखिन्छ ।
समस्याको जड :
विकासका पुर्वधारहरु निर्माण गर्दा बेलैमा सचेत नहूँदा विभिन्न खाले विनाशहरुको सामाना गर्नु परिरहेको सन्दर्भमा हामीले ध्यान दिनुपर्ने केही महत्वपूर्ण कुराहरुको बारेमा पनि भन्नै पर्ने हुन्छ । दिगो सडक विकासको लागि अन्य संरचना निर्माण गर्दा ख्याल गर्नुपर्ने कुराहरु सर्वप्रथम त भु–गर्भशास्त्रीय अध्यायन, सामाजिक तथा आर्थिक अध्यायन, भौगोलिक अध्यायन तथा मानवशास्त्रीय अध्यायन नगरिकन निर्माण गरिएका संरचनाहरुले गर्दा वर्षेनी विनास भैरहेको छ ।
सामाधान कसरी ?
स्थानीय रुपमा डोजरको अत्याधिक प्रयोगलाई केन्द्र सरकारले निरुत्साहित गर्ने, ग्रामिण भेगका संवदनशील चुचुरा, टाकुरा, प्राकृतिक सम्पदा, खानेपानीका मुहान र संरक्षित बन क्षेत्रमा मोटरबाटो लगायत अन्य विकासको कार्यक्रमहरु पूर्व अध्ययन गरेर मात्र गराउनु पर्दछ ।
अन्त्यमा , विकासका पूर्वाधारहरु निर्माण गर्दा सर्वप्रथम त वातावरणीय पक्षलाई ख्याल गर्नुपर्ने हुन्छ । त्यस्तै सिमित स्वार्थलाई भन्दा सामुहिक स्वार्थलाई बढि महत्व दिनुपर्दछ । दक्ष प्राविधिकहरुको अध्यायन एव. सुझाव संकलन गर्नु पर्दछ । विशेष गरी विकासका पूर्वधारहरु नै विनास हुने कारणले गर्दा स्थानीय प्रदेश र केन्द्र सरकारले बजेट सक्ने असारे विकासको नीति तथा प्रवृत्तिलाई छाडि दिगो विकास अवलम्वन गर्नृपर्दछ । जसले गर्दा गाउँबस्ती र वातावरणलाई जोगाउन महत्वपुर्ण भुमिका खेल्न सकोस् ।
लेखक घिमिरे पूर्वाधार विकासप्रति बिशेष जानकार रहेका छन् ।