उदेनढुंगामा बृहत निशुल्क स्वास्थ्य शिविर, ३५२ जनाले लिए सेवा

दुलेगौंडा

तनहुँको शुक्लागण्डकी नगरपालिका–३ उदेनढुंगामा निशुल्क बृहत स्वस्थ्य शिविर भएको छ । वडा कार्यालयको आयोजना फेवासिटी हस्पिटल पोखरा, अमर पोलिक्लिनिक पोखराको प्राविधिक सहयोगमा शनिबार शिविर सन्चालन भएको हो ।

शिविरमा ३५२ जनाले सेवा लिएको वडाध्यक्ष सचिन भुजेलले जानकारी दिए । दिवस मावीमा भएको शिविरमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पुर्व उपकुलपति वरिष्ठ फिजिसियन डा.बुद्धिबहादुर थापा लगायत १८ जना डाक्टरको टोलीले सेवा दिएको हो ।

निशुल्क स्वास्थ्य परीक्षण, भिडियो एक्सरे, इसिजी, रगत परीक्षण र निशुल्क औषधि सेवा प्रदान गरेको वडाध्यक्ष भुजेलले बताए । ‘गाउँमा रहेका जनताको स्वास्थ्य समस्याको पहिचान गर्दै उपचार र औषधी वितरण गर्ने उदेश्यले शिविर आयोजना गरेका हौं’, उनले भने । वडाले नियमित स्वास्थ्य शिविर सञ्चालन गरिरहेको उनको भनाइ छ । गतवर्ष वन्केवामा शिविर सञ्चालन भएको थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.