टाइगर कपको फाइनल भिडन्त आजः गण्डकी र पुलिस भिड्ने

पोखरा
पाँचौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिपको उपाधि छिनोफानो आज हुदैछ । च्याम्पियनसिपको महिला र पुरुषतर्फका दुवै फाइनल खेल आइतबार हुन लागेको हो ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १२ गतेदेखि सुरु भएको प्रतियोगिताको पहिलो फाइलन खेल महिलातर्फको हुनेछ । केहीबेरपछि हुने खेलमा आयोजक टाइगर ग्रुप र सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

एपिएफले पहिलो क्वालिफायरमा आयोजक टोलीलाई र आयोजक टोलीले दोस्रो क्वालिफायरमा टिपटप न्यू डायमण्ड स्पोट्र्स क्लबलाई पराजित गर्दै फाइलन यात्रा सुनिश्चित तय गरेको हो ।

दोस्रो फाइलन खेल पुरुषतर्फको हुनेछ । दिउँसो एक बजेपछि हुने फाइलन खेलमा गण्डकी प्रदेश र नेपाल पुलिस क्लब भिड्ने छन् । पुलिसले पहिलो क्वालिफायर र गण्डकीले दोस्रो क्वालिफायरमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै फाइनलमा पुगेका थिए ।


टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा भएको प्रतियोगिको विजेताले समान ५ लाख ८५ हजार ५५५ प्राप्त गर्नेछ । उपविजेताले २ लाख ८५ हजार ५५५ रुपैयाँ पाउनेछन् ।


प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार ७७७ रुपैयाँ प्राप्त गर्नेछन् भने विधागततर्फ उत्कृष्ट हुनेलाई समान १० हजार ५५५ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.