थप्रेकमा ४९ लाखको कोइबो निर्माण हुँदै

दुलेगौंडा– तनहुँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेकमा कोइबो निर्माण गरिने भएको छ । तमु प्ये ल्हु संघ इकाइ समिति थप्रेकले कोइबो निर्माण गर्न लागेको हो ।

कोइबोको बिहिबार गुरुङ परम्परा अनुसार शिलन्यास गरिएको छ । पर्यटकीय गाउँ थप्रेकको भ्युटावर नजिकै बन्ने कोइबोले पर्यटन प्रबद्र्धनमा सघाउने समितिका सचिव ममिता गुरुङले बताइन् ।

प्ये ल्हुसँगै बहुउदेश्यिय भवनसमेत निर्माण हुनेछ । ४९ लाख रुपैयाँ लागत अनुमानसहितको विस्तृत परियोजना प्रतिवेदन तयार भएको गुरुङको भनाइ छ ।

कोइबो निर्माणका लागि गण्डकी प्रदेश सरकारले चालु आर्थिक बर्षको बजेटमा १० लाख रुपैयाँ विनियोजन गरेको छ । शुक्लागण्डकी नगरपालिकाले ८ लाख रुपैयाँ बजेट छुट्टाएको हो ।

शिलन्यासको अवसरमा बिहिबार ३ लाख ४१ हजार रुपैयाँ सहयोग संकलन भएको छ । बाँकी रकम थप्रेक विकास परियोजना र विदेशमा बस्ने थप्रेकबासीमार्फत संकलन भइरहेको जनाइएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.