दमौली– तनहुँमा सन् २०२४ मा मानवअधिकार उल्लंघन तथा ज्यादतीका ७१ वटा घटना भएका छन् । ७१ जना नै पीडित भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको तथ्याङ्कमा उल्लेख छ ।
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को लागि संकलित घटनाको प्रकाशनपुर्वको शुक्रबार वार्षिक पूर्वसमीक्षा तथा मानव अधिकारको अवस्थाको बारेमा अन्तरक्रिया भएको छ ।
अन्तरक्रियामा इन्सेक जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले सन २०२४ मा तनहुँमा भएका मानवअधिकार उल्लंघन र ज्यादतीका घटना सार्वजानिक गरे । यो अवधिमा भएको ७१ वटा मानवअधिकार उल्लंघनका घटनामा ६७ महिला र ४ पुरुष सहित ७१ जना पीडित भएको उनले जानकारी दिए ।
घरेलु हिंसातर्फ २८ वटा घटना भएका छन् । बलात्कार, बलात्कारका प्रयास र यौनजन्य दुव्र्यहवारतर्फ ३४ वटा घटना भएका छन् । बेचविखनमा १, हत्यामा ६, कुटपिट दुव्र्यहवारमा २ वटा दर्ता भएको उनको भनाइ छ ।
अन्तरक्रियामा बोल्दै प्रमुख जिल्ला अधिकारी श्याामकृष्ण थापाले सरकारले मानवअधिकारको उल्लंघन गर्ने नभइ संरक्षण गर्ने बताए । इन्सेक जस्ता मानवअधिकार संघसंस्थाले राज्यलाई मानवअधिकार कार्यान्वयनको लागि समयसमयमा खबरदारी गरिरहनु पर्ने उनले उनको भनाइ थियो ।