दुलेगौंडा
तमु ह्युल छोंज धिंको भातृ संस्था तमु युवा ह्युल छोंज धिं शुक्लागण्डकीको अध्यक्षमा दीपेश गुरुङ निर्वाचित भएका छन् ।
शनिबार दुलेगौंडामा भएको भेलाले दीपेशको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।
उपाध्यक्षमा अस्मिता गुरुङ, सचिवमा सुसन गुरुङ, सहसचिवमा प्रितम गुरुङ, कोषाध्यक्षमा रोशन गुरुङ चयन भए । सदस्यमा यदीप गुरुङ, बुद्ध गुरुङ, अनिशाब गुरुङ, जेनिशा गुरुङ, दीविया गुरुङ, पोखराज गुरुङ, दर्पण गुरुङ, निक्क्ल गुरुङ, कोपिला गुरुङ चयन भए ।
यस्तै, रोजी गुरुङ, मनिषा गुरुङ, मनमाया गुरुङ, इशान गुरुङ सदस्य बनेका छन् । तमु ह्युल छोंज धिं शुक्लागण्डकीका अध्यक्ष मनराज गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कुलप्रसाद गुरुङले स्वागत र सञ्चालन सहसचिव प्रज्वल गुरुङले गरेका थिए ।