सूर्यदर्शन सहकारीको मुद्वाः पहिलो दिनको बहस सकियो

पोखरा

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको मुद्वामा मंगलबारदेखि थुनछेक बहस सुरु भएको छ । जिल्ला अदालत कास्कीका न्यायाधिश न्यायधिश नीतिज रार्ईको इजालसमा मंगलबार दिउँसोदेखि थुनछेक बहस सुरु भएको हो ।


मंगलबार दिउँसो साढे २ बजेपछि बहस सुरु भएको एक अधिवक्ताले जानकारी दिए । ७ जना प्रतिवादीको वयान सकिएसँगै बहस सुरु भएको हो ।


ती अधिवक्ताका अनुुसार सरकारी वकिलको कार्यालयका तर्फबाट सहायक जिल्ला न्यायाधिवक्ता सुजता काफ्लेले बहस गरिन् । सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले बहस गर्ने तयारी हुँदै गर्दा समय सकिएको हो । भोलिदेखि निरन्तर वहस जारी रहनेछ ।


गत आइतबार जिल्ला सरकारी वकिलको कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछाने, गोरखा मिडिया नेटवर्कका सञ्चालकसमेत रहेका पूर्वडिआइजी छविलाल जोशी, नेचर हब्र्स इन्टरनेशनलका सञ्चालक रामबहादुर खनाल, गिता पछाईं, सूर्यदर्शन सहकारीका सञ्चालक कृष्णबहादुर गुरुङ, पूर्वसांसद मिना गुरुङ, सूर्यदर्शनक सहकारीकी पूर्वकोषाध्यक्ष आरती गुरुङ लगायत ४४ जनालाई प्रतिवादी बनाएर मुद्वा दायर भएको छ । त्यो भन्दा पहिले १९ जनालाई प्रतिवादी बनाइएको थियो ।


सूर्यदर्शन सहकारी प्रकरणमा रवि, छवि, जिबीसहित कुल ६३ जनालाई प्रतिवादी बनाइएको छ । उनीहरुबाट एक अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ ३ पैसा बिगो मागदाबी गरिएको हो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.