मुख्यमन्त्री पाण्डे भन्छन्ः निर्मल निवासमा पनि बस्न पाइन्छ की पाइदैन सोच्नुहोला

तनहुँ–गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पूर्वराजा ज्ञानेन्द्र शाहीलाई निर्मल निवासमा बस्न पाइन्छ की पाइदेन भनेर सोच्न चेतावनी दिएका छन् । यस्तै अराजक गतिविधिले निर्मल निवासमा बस्न पनि नदिने अवस्था आउने उनको भनाइ थियो ।

आइतबार गण्डकी प्रदेश सभामा बोल्दै मुख्यमन्त्री पाण्डेले संघीयताका बारेमा उठेका प्रश्नहरुको हामीले दिनुपर्ने बताए । उनले भने, ‘हाम्रा काम कारबाहीहरुलाई परिस्कृत गर्दै लैजानुपर्ने जनताको आवश्यकता र चाहानाहरु कसरी सम्बोधन गर्न सकिन्छ ? हामीमाथि उठेका प्रश्नहरुको त्यसलाई हामीले इमानदारितापूर्वक लिएर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता छ ।’

संघीयताको पक्षमा उठेका असन्तुष्टिका स्वरलाई लिएर संविधान उल्टाउने चेष्टा नगर्न उनको चेतावनी थियो । ‘केही कमिकमजोरि अथवा समयमा देशको परिस्थिति अनुसार सम्बोधन गर्न नसकिएका केही असन्तुष्टिका स्वरहरु लिएर यो संविधान उल्टयाँउछु । संघीयता खारेज गर्छु । गणतन्त्र खारेज गर्छु । फेरी नारायणहिटीमा आएर बस्छु भनेर दुईचार वटा घर जलाउन लगाउने’, चेतावनी दिदै थपे, ‘१०/२० वटा गाडी जलाउन लगाउने यस्ता उच्श्रृंखल कार्य गर्ने हो भने दरबारमार्गको राजदरबार मात्रै होइन महाराजगञ्जको निर्मल निवासमा पनि बस्न पाइन्छ की पाइदैन यस्ता क्रियाकलाप गर्नेले सोच्नुहोला ।’

संघीय लोकतान्त्रिक, गणतन्त्रलाई लागु गर्ने पक्षमा गणतन्त्रवादी राजनीतिक दलहरु सबै जागरुप र चनाखो भएर अगाडि बढ्नुपर्ने अवस्था आएको उनको ठम्याई छ । गण्डकी प्रदेश सरकार लोकतन्त्र, गणतन्त्र र संघियतालाई बलियो बनाउने पक्षमा रहेको उनले प्रस्टाए । ‘संघीय लोकतान्त्रिक, गणतन्त्रलाई कार्यन्वयन गर्नका लागि जोजो दलहरु मिलेर यो संविधान बनायौं । जजसले अपनत्व लिएका छौं पूर्ण कार्यन्वयन गर्न हामी प्रतिबद्ध छौं’, उनले भने ।

राजतन्त्र ल्याउछु भन्ने दिवा सपना रहेको उनले टिप्पणि गरेका छन् । ‘कसैले पनि त्यो सपना यति छिटो नदेखे हुन्छ । यो गणतन्त्र ल्याउनेमा राजतन्त्र फाल्नेमा जुत्ता खियाएका, पसिना बगाएका, रगत बगाएका मानिसहरु हामी आज पनि जिउदैछौं’, मुख्यमन्त्री पाण्डे भन्छन्, ‘हामी जिउदै रहीरहेको अवस्थामा कसैलाई लाग्छ, कसैले सपना देख्छ की म राजतन्त्र ल्याउछु भन्ने हो भने त्यो दिवा सपना हो । कदापि पूरा हुन सक्दैन ।’

संघीय लोकतान्त्रिक, गणतन्त्र ल्याउन भूमिका खेल्ने दलहरु एक ठाउँमा रहेको उनले बताए । अहिले धावा बोलेपछि सबैलाई ठन्डा दिमागले सोचेर एकै ठाउँमा उभिने परिस्थिति सिर्जना भएको मुख्यमन्त्री पाण्डेले सुनाए । उनले राजावादीको कामले गणतन्त्रवादीका लागि उपलब्धिमूलक भएको उनको भनाइ थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.