दुलेगौंडा–नेपाल उद्योग तथा व्यवसायी महासंघ शुक्लागण्डकी नगर समितिको अध्यक्षमा सुरेन्द्र पौडेल चयन भएका छन् । नेकपा एमाले निकट महासंघमा पौडेलको नेतृत्वमा १७ सदस्यीय कार्य समिति सर्वसम्मत चयन भएको हो ।
शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीमा भएको प्रथम अधिवशेनले उपाध्यक्षमा मिलन खनाल लाम्गादे र कमल वाग्ले, सचिवमा राम प्रसाद लम्साल, उपसचिवमा नविन श्रेष्ठ र कोषाध्यक्षमा प्रकाश केसी चयन गरेको छ ।
सदस्यमा रामकुमार श्रेष्ठ, कुमार भुजेल, सुकबहादुर तिमिल्सीना, महेन्द्र गौतम, श्रीप्रसाद श्रेष्ठ, कमल लम्साल, ओमबहादुर केसी, राजु सापकोटा, रामचन्द्र सिग्देल, इश्वर अधिकारी, धनबहादुर खड्की र अनिता थापा रहेका छन् ।
कार्यक्रममा नेकपा एमाले गण्डकीका सचिव धनञ्जय दवाडीले व्यवासायिक हकहितमा लाग्नुपर्नेमा जोड दिए ।