पोखरा
गण्डकी प्रदेश सभा सदस्य सुनिता थापाले अपांगता भएकाहरुको सशक्तिकरणका कार्यक्रम कार्यन्वयप्रति प्रश्न उठाएकी छन् । वर्षको दुई महिना कार्यक्रम गरेर सरकारले देखावटी शैली अपनाएको उनको जिकिर छ ।
शुक्रबारको प्रदेश सभाको बैठकको शून्य समयमा बोल्दै सांसद थापाले प्रदेश सरकारले अपांगता सशक्तिकरणका लागि छुट्टाएको बजेट कार्यन्वयनमा ढिलाई गरेको बताइन् । ‘ अपांगता सशक्तिकरणका लागि छुट्टाएको १ करोड बजेट कार्यन्वयनमा ढिलाई किन भइरहेको छ ?’, प्रश्न तेर्साउदै उनले भनिन्, ‘हरेक वर्ष उस्तै समस्या दोहोरिनु अन्यायपूर्ण छ । आर्थिक वर्ष सकिनै लाग्दा पनि कार्यक्रमको टुंगो नलाग्नु दुर्भाग्यपूर्ण हो ।’
चैत देखि जेठ दुई महिनासम्म केही कार्यक्रमहरु देखावटी शैली गर्ने परिपाटी अन्त्य हुनुपर्ने उनको माग छ । श्रवणसम्बन्धी अपाङ्गता भएकी सांसद थापाले परिपाटी अन्त्यका लागि सरकारको ध्यानाकर्षण गराएकी छन् ।
‘अपंगता भएका व्यक्तिहरु अब वर्षको दुई महिनामात्रै सशक्तिकरण हुनुपर्ने बाँकी १० महिनाचाहिँ हुनुनपर्ने बुझाइ के हो ?’, उनले थपिन्, ‘अपांगता