दुलेगौंडा । नेकपा एमालेको जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज तनहुँको अध्यक्षमा भरत लामगादे चयन भएका छन् । शनिबार दमौली स्थित नेकपा एमालेको पार्टी कार्यालयमा सम्पन्न सातांै अधिवेशन मार्फत लामगादेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।
समाजको उपाध्यक्षमा मनोज सुवर्णकार र फुलमाया नेपाली, सचिवमा तोपबहादुर परियार, उपसचिवमा सन्तोष विक र रुद्रविर विक तथा कोपिला नेपाली भएका छन् । समिति ३१ सदस्य रहेको नवनिर्वाचित अध्यक्ष लामगादेले जानकारी दिए ।
शुक्लागण्डकी नगरपालिकाको निवर्तमान कार्यपालिका सदस्य समेत रहेका अध्यक्ष लामगादेले समाजमा उत्पीडनमा परेको समुदायलाई न्यायका लागि मुक्ति समाज क्रियाशिल रहेको जनाए । उनले विशेष गरि दलित समुदायलाई पार्टीमा आवद्ध गराउनुका साथै पार्टीलाई समेत दलितमैत्री निती कार्यक्रम निर्माण गर्न समाजले पहल गर्ने बताए ।