दुलेगौंडा
तनहुँको तीन स्थानीय तहले हरिबोधनी एकादशीमा सार्वजनिक विदा दिएका छन् । शुक्लागण्डकी नगरपालिका, व्यास नगरपालिका र आँबुखैरेनी गाउँपालिकाले मंगलबार परेको हरिबोधनी एकादशीमा सार्वजनिक विदा दिएका हुन् ।
पालिकाको कार्यालय, वडा कार्यालय, सेवा कार्यालय, विद्यालय, बैंक तथा वित्तिय संस्थाहरु बन्द हुने जनाइएको छ ।
‘मंगलबार हिन्दु धर्मावलम्वीहरुको पवित्र पर्व हरिबोधनी एकादशी व्रत (तुलसी विवाह) तिथिका दिन यस शुक्लागण्डकी नगर कार्यपालिका कार्यालय, वडा कार्यालय, सेवा कार्यालय, सबै विद्यालय र शुक्लागण्डकी नगरपालिका भित्र सञ्चालित बैंक तथा वित्तिय संस्था तथा निजी संघ संस्था र निकायहरु समेतमा स्थानीय विदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ’, शुक्लागण्डकी नगरपालिकाले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
हरिबोधनी एकादशीको दिन शुक्लागण्डकी नगरपालिका–४ र ८ को संगम शुक्ला हिलेटार पुल्चोक, व्यास नगरपालिकाको दमौलीस्थित मादीसेती नदीको संगम, गजौडेको राजापानी मन्दिर, शिसाघाट, आँबुखैरेनी गाउँपालिकाको आँधीमूल मन्दिर, भीमाद नगरपालिकाको सेती नदी किनार लगायतका स्थानमा ठूलो मेला लाग्ने गर्दछ ।