तनहुँ खबर

सुझाव संकलनमा टोल विकास संस्थाका अध्यक्षहरुको गुनासै गुनासो

दुलेगौंडा । शुक्लागण्डकी नगरपालिकाले सञ्चालन गरेको दुईदिने बृहत सुझाव संकलन कार्यक्रममा सहभागि भएकाहरुले गुनासो सहितको सुझाव दिएका छन् । कार्यक्रममा सहभागि भएका अधिकाँश टोल विकास संस्थाका अध्यक्ष र प्रतिनिधीहरुले पूर्वाधार विकास अपुर्ण रहेको र जनता पक्षमा काम गर्दा सेवाभन्दा बढी दुख भएको अनुभव सुनाएका छन ।

नगरपालिकाले यस अघि थालनी गरेको योजनाहरु नगरपालिकाले बजेट नदिएर अलपत्र परिहेको पौवा टोलविकास संस्थाका अध्यक्ष शंकरबहादुर कार्कीले बताए । नगरपालिकाको वडा नम्वर ४ मा हाट बजार सञ्चालन गर्न भवन बनेपनि बजेट अभावले अलपत्र परेको बताए ।
टोलविकास संस्थाबाट प्रतिनिधित्व गर्ने अधिकांशले नाला र पोलको व्यवस्थापन कमजोर बनेको जानकारी दिदै आगामी आर्थिक बर्षमा नाला, पोल, सिसि क्यामेराको मर्मत गर्ने कार्यक्रम ल्याउन सुझाव दिएका छन् । उनीहरुले लागत साझेदारी गर्न नसक्ने कम बस्ती भएका तथा न्यून आर्थिक अवस्था भएका नागरिकको बस्तीको पहिचान गरि योजना सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

लाखौको योजना माग गर्दा केही हजार मात्र नगरपालिकाले विनियोजन गर्ने परिपाटी रहेको भन्दै टुक्रे बजेटका योजना बन्द गरि आवश्यकताका आधारमा बजेट बनाउन हेल्थपोष्ट चोक टोल विकास संस्थाकी अध्यक्ष लक्ष्मी श्रेष्ठले सुझाव दिईन् । नगरपालिकालाई सुझाव दिदै अधिकाँश टोल विकास संस्थाका अध्यक्षहरुले सुविधा समेत माग गरे । टोलका काम गर्दा घरायसी ब्यवहारस समेत विग्रीन थालेको भन्दै जिम्मेवारीसँगै सुविधा पनि दिने गरि निती निर्माण बनाउन आग्रह गरे ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!