तनहुँ खबर

पहिचान भएन सेतीमा भेटिएको महिलाको शव

दमौली । तनहुँ प्रहरीले सेती र मादी किनारमा फेला पारेको एक महिलाको शव पहिचान भएको जनाएको छ ।

गत शनिबार नदी किनारमा तैरिरहेको शव निकालेर राखिएको भएता पनि आफन्त हराएको कुनै ब्यक्तिहरु पनि सम्पर्कमा नआएकाले पहिचान गर्न समस्या भएको तनहुँ प्रहरीका प्रवक्ता मोहनबहादुर खाँडले बताए । अन्दाजी ४० बर्षको जस्तो देखिएको महिलाको शव सडेगलेका अवस्थामा फेला परेको थियो ।

उनको कानमा सुनको मुन्द्रा, नाकमा फुली घाँटीमा पोतेमाला र दायाँ हातमा चुरा लगाएको अवस्थामा शव फेला परेको छ । प्रहरीले आफन्त हराएको ब्यक्तिहरुलाई सम्पकमा आउन समेत आग्रह गरेको छ ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!