तनहुँ खबर

बैदिक सनातन कर्मकाण्ड गर्न दलित पुरोहित समाज गठन

दमौली । हिन्दु धर्मअनुसारका रितीरिवाज पुरा गर्न तनहुँमा दलित समुदायले पुरोहित तालिम लिएर संगठित भएका छन् ।

जिल्लाको व्यास नगरपालिकामा पहिलो पटक बैदिक सनातन कर्मकाण्ड व्यास दलित पुरोहित समाज गठन गरिएको छ । दमौलीमा भएको भेलाले पण्डित तिलक विश्वकर्माको अध्यक्षतामा पन्ध्र सदस्यीय कार्य समिति गठन गरेको हो ।

समाजको उपाध्यक्षमा पूर्ण बहादुर घिमिरे, सचिवमा बिश्व बुढा परियार, कोषाध्यक्षमा गणेशबहादुर दुलाल, सहसचिवमा मानबहादुर परियार चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा माधवबहादुर बिश्वकर्मा, सम्शेरबहादुर सुनार, काजी परियार,चन्द्रबहादुर बिश्वकर्मा, सुकदेव विश्वकर्मा, अर्जुन सुनार, सूर्यबहादुर परियार, एस.बि.नेपाली र पूर्ण बिके चयन भएका छन् । एक जना सदस्य पछि मनोनित गरी थप गरिने समाजले जनाएको छ ।

कार्यक्रममा व्यास नगरपालिका कार्यपालिका सदस्यहरु रनसिं नेपाली, चन्द्रमाया परियार, ज्ञानुमाया सुनार, अधिवक्ता अमृतबहादुर नेपाली, जिसस पूर्व सदस्य केशबहादुर सुनार, दलित उत्थान वर्ग समन्वय समितिका पूर्व उपाध्यक्ष कृष्ण रुचाल, महिला विकास कार्यालयकी पूर्व कर्मचारी रेणु नेपाली, दलित पण्डित कुलप्रसाद पोख्रेल, अशोककुमार विश्वकर्मा लगायतका वक्ताहरुले गठित समाजका पदाधिकारीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना प्रदान गरेका थिए ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!