तनहुँ खबर

आत्मनिर्भर बनाउन म्याग्देका ५० जनालाई तालिम

म्याग्दे । रोजगारीका साथै सार्वजनिक रुपमा निर्धक्क बोल्न सक्ने क्षमताको विकास गर्न तनहुँको म्याग्दे गाउँपालिकाले ५० जनालाई तालिम प्रदान गरेको छ । गाउँपालिकाका नागरिकलाई रोजगार प्रवद्र्धन तथा उद्घोषण सम्वन्धी तालिम तालिम दिइएको गाउँपालिकाको जनाएको छ ।

गाउँपालिकाको गुणादीमा चार दिनसम्म सञ्चालन गरिएको तालिममा सहभागि भएकाहरुले तालिमपछि आत्मविश्वासमा वृद्धी भएको बताए । कुनै पनि कार्यक्रममा उभिएर बोल्न नसक्ने अवस्थाको अन्त्य गर्न तालिम सफल भएको सहभागि विमला बाछे मगरले बताईन् ।

सार्वजनिक रुपमा बोल्ने कला सिक्नकै लागि गाउँपालिकाको कार्यपालिका सदस्य थममाया बिक, वडा सदस्यहरु मीनबहादुर थापा, मीनबहादुर गुरुङ, राममाया खदुलु मगर, केसरी बिकसमेत सहभागि भएको सहजकर्ता पत्रकार अञ्जान परियारले जानकारी दिए ।

तालिमको समापन कार्यक्रममा सहभागिहरुलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले नागरिकहरुको चेतनाको बिकास र निडर भएर बोल्ने बानिको बिकास गर्न उद्घोषण तालिमको महत्व रहेको बताए । उनले यसले गाउँठाउँमा संकुचित बिचार अन्त्य गरि सामाजिक भाब पैदा गर्न सहयोग पुग्ने समेत दाबी गरे ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!