तनहुँ खबर

मैले पदको लागि राजनीति गरेको हैन – भट्टराई

दमौली । प्रतिनिधी सभाको निर्वाचनमा सहभागि भएर पराजय भोगेपछि काँग्रेस नेता गोविन्द भट्टराई थप चर्चामा छन् । प्रतिष्पर्धी विजयी उम्मेदवारलाई बधाई दिनेदेखि जिल्लाको विकासका लागि खट्नेसम्मको गतिविधीका कारण नेता भट्टराईको चर्चा चुलिएको हो ।
निर्वाचनमा होमिएका अन्य उम्मेदवारहरुको नामो निशाना समेत पाउन मुस्किल हुदाँ भट्टराई निरन्तर जिल्लावासीसँगै रहेर विकासको योजनामा हातेमालो गरिरहेका छन् । उनले पदको लागि राजनीति नगरेको दावि गर्दै निरन्तर जनताको सेवामा लाग्ने प्रतिवद्धता समेत ब्यक्त गर्दै आएका छन् ।

तनहुँको देवघाट १ कोटामा नवनिर्मित महाकाली आधारभूत विद्यालयको भवन उद्घाटन गर्दै उनले चुनाव नजिते पनि विकासका कार्य निरन्तर गरिरहेको र गरिरहने प्रतिवद्धता जनाए । मैले पदका लागि राजनीति गरेको होइन, उनले भने, जनताको विकासका आवश्यकता पूरा गर्न जुन ठाउँमा भए पनि सकेको लागि पर्नेछु ।

उनले चुनावमा विजेताहरुले जनताको विकासे आवश्यकता सम्बोधन गर्नुपर्ने भए पनि गाली गलौजमा मात्र सीमित भएको उनले आरोप लगाए । रास्वपा र विजेता सांसद स्वर्णिम वाग्लेप्रति लक्षित गर्दै उनले भने, उहाँहरुको काम नै गाली गर्ने हो कि जस्तो देखियो । भट्टराईले भ्रष्टाचारका मुद्दामा निष्पक्ष छानविन हुनुपर्ने भन्दै कांग्रेस, एमाले, माओवादी वा रास्वपाका नेता जोसुकै जोडिएका घटनामा पनि छानविन हुनुपर्ने पक्षमा आफू र पार्टीसमेत रहेको बताए । प्रश्न जोसुकैमाथि उठेका छन्, भर्खरै आएको रास्वपा होस् वा एमाले, माओवादी अनि कांग्रेस नै किन नहोस्, हामी सबै घटनामा निष्पक्ष अनुसन्धानको पक्षमा छौं ।

कार्यक्रममा कांग्रेस महाधिवेशन प्रतिनिधि सुरेश भट्टराईले तनहुँको विकास निर्माणका लागि भट्टराई निरन्तर सक्रिय रहेको भन्दै हालै मात्र पनि जिल्लाका विभिन्न विकासे योजनाका लागि भट्टराईको पहलमा बजेट परेको बताए । कांग्रेस जिल्ला सदस्य खम्बसिं रानाले चुनाव एउटाले जिते पनि हार्नेसँग योजना माग्नुपरेको भन्दै निर्वाचित जनप्रतिनिधि आफ्नो घरदैलोमा नआएको गुनासो गरे ।

३२ लाख लागतमा जिल्ला आयोजना कार्यान्वयन एकाई तनहुँद्वारा निर्मित भवनका लागि केन्द्रीय सदस्य भट्टराईले खेलेको भूमिकाका लागि स्मरण गरिएको विद्यालयका अध्यक्ष अमृतलाल भुजेल तथा प्रधानाध्यापक कृष्ण खनालले बताए । उनीहरुले विपन्न वर्गका विद्यार्थी अध्ययन गर्ने विद्यालयको थप भौतिक विकासका लागि समेत भट्टराईको ध्यानाकर्षण गराए ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!