दुलेगौंडा–आन्द्राको क्यान्सरबाट ग्रसित सोममाया थापालाई आर्थिक सहयोग गरिएको छ । नेपाल मगर संघ शुक्लागण्डकी र नर्सरी लाङघाली समाजले ३५ हजार रुपैयाँ बिरामी थापालाई सहयोग गरेका हुन् ।
मगर संघले २५ हजार रुपैयाँ र लाङघाली समाजले १० हजार रुपैयाँ नगद प्रदान गरे । बिहीबार बिरामी थापाको घरमै पुगेर नेपाल मगर संघ शुक्लागण्डकीका अध्यक्ष अमरराज थापा लगायतले उक्त रकम हस्तानतरण गरेका हुन् ।
अध्यक्ष थापाले संघमा आबद्ध सदस्यको सुखदुमा मल लागउने काम गरेको बताए । ‘दुखमा मलमपट्टि गर्न सकिन्छ की एकताबद्ध भएर सहयोग गर्न सकिन्छ भन्ने उदेश्यले गोलबद्ध भएका छौं’, उनले भने ।
शुक्लागण्डकी–२ नर्सरीकी ५१ वर्षीय सोममाया डेढ वर्षदेखि आन्द्राको क्यान्सरले ग्रसित थिइन् । उपचारमा आर्थिक अभाव भएपनि सहयोगको याचना गरेकी छन् ।