तनहुँ खबर

आत्मनिर्भर बन्न दलितले लिएर कर्मकाण्ड तालिम

दमौली । परिवर्तनका लागि मिडियाको आयोजना तथा व्यास नगरपालिकाको आर्थिक सहयोगमा दलित समुदायका लागि आयोजित तीन दिने कर्मकाण्ड तालिम तनहुँको व्यास नगरपालिकामा समापन भएको छ ।

कार्यक्रमका प्रमुख अतिथी व्यास कार्यपालिका सदस्यद्वय रनसिं नेपाली, ज्ञानुमाया सुनार र दलित उत्थान वर्ग समन्वय समितिका पूर्व उपाध्यक्ष कृष्ण रुचाल लगायतकाले सहभागि प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरेका हुन् । उक्त तालिममा व्यासका चौध वटै वडाबाट एक जनाका दरले चौध जनाको सहभागिता रहेको आयोजक संस्थाका सञ्चालक पूर्ण बिकेले जानकारी दिनुभयो ।

व्यास नगरपालिका कार्यपालिका सदस्य चन्द्रमाया परियारको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा व्यास कार्यपालिका सदस्यद्वय रनसिं नेपाली, ज्ञानुमाया सुनार, अधिवक्ता अमृत बहादुर नेपाली,पूर्व जिसस सदस्य केशबहादुर सुनार,दलित उत्थान बर्ग समन्वय समितिका पूर्व उपाध्यक्ष कृष्ण रुचाल,महिला विकास कार्यालयकी पूर्व कर्मचारी रेणु नेपाली,दलित पण्डित झुल प्रसाद पोख्रेल,अशोक कुमार विश्वकर्मा लगायतका वक्ताहरुले मन,बचन र कर्मलाई परिवर्तन गर्दै तालिममा सिकेका सीपलाई उपयोगमा ल्याउनुपर्ने जोड दिए ।

उक्त कार्यक्रममा व्यास पालिका सदस्यहरुले समुदायको लागि कर्मकाण्ड तालिम अतिआवश्यक रहेको औल्याउदै आगामी बर्ष १५ दिने तालिम आयोजना गर्न पहलकदमी गर्ने आश्वसन व्यक्त गरेका थिए । तालिम सिक्न पाउँदा सहभागीहरु उत्साहित भएर लागेका थिए ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!