हत्याको १६ दिनसम्म पनि भएन मृतकको पहिचान

पोखरा

तनहुँमा हत्या भएको १६ दिनसम्म पनि मृतकको पहिचान गर्न प्रहरीलाई सकस परेको छ । आफन्तसमेत सम्पर्कमा नआएपछि मृतकको वास्तविक पहिचान गर्नलाई समस्या भएको हो ।

गएको कात्तिक १७ गते तनहुँको व्यास नगरपालिका–१० अधेरीभञ्ज्याङमा आफ्नै साथीले चक्कु प्रहार गरेर एक युवकको हत्या भएको थियो ।
मजदुरी गर्ने ३८ वर्षीय विशाल भनेर चिनिने प्रेमबहादुर थापाले नुवाकोट घर बताउने अन्दाजी ४८ वर्षका दीलिप तामाङको हत्या गरेका थिए ।

तर, हालसम्म पनि दीलिपको वास्तविक पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसी अशोक थापाले बताए । घर परिवार आफन्ती कोही सम्पर्कमा नआएकाले सनाखत गर्न नसकेको उनको भनाइ छ ।

उनको शव १६ दिनदेखि दमैली अस्पतालको शवगृहमा राखिएको छ । शव सनाखत गरी सदगत गर्नलाई प्रहरीले अनुरोध गरेको छ ।

हत्या भएका व्यक्ति गहुँगोरो वर्णका छन् । ठिक्कको शरिर, प्याजी रङको टिसर्ट,सेतो पाईन्ट लगाएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.