दुलेगौंडा
शुक्लागण्डकी नगरपालिकास्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सुरु भएको छ ।
शुक्लागण्डकी–५ बेलचौतारास्थित नेपाल पुलिस स्कुलको खेल मैदानमा प्रतियोगितामा सुरु भएको हो ।
प्रतियोगिताको पहिलो दिन ८ स्वर्ण, रजत र काँस्यको छिनोफानो भएको छ । पदक तालिकामा दुलेगौंडाको पञ्चमुनिदेव माध्यमिक विद्यालयले अग्रता लिएको छ । पञ्चमुनिका विद्यार्थीले ५ स्वर्ण र ३ रजत पदक दिलाएका छन् ।
पदक तालिकामा तालबेंसी मावि घारी दोस्रो स्थानमा छ । उसले २ स्वर्ण र १ रजत हात पारेको हो ।नेपाल पुलिस स्कुलका विद्यार्थीले १ स्वर्ण, १ रजत र १ काँस्य पदक जितेका छन् ।
अरनिको माध्यमिक विद्यालय खैरेनीटारले १ रजत र २ कास्य पदक, खैरेनी माध्यमिक विद्यालयले १ रजत र १ काँस्य, जनप्रेमी माध्यमिक विद्यालय फिरफिरेले १ रजत र १ काँस्य, जिते ।
लोटसबर्ड माध्यमिक विद्यालय ढोरफिर्दी, सहिदकृष्ण माध्यमिक विद्यालय कवासे र आधारभूत माध्यमिक विद्यालय साँखेले समान १÷१ काँस्य पदक हात पारेको शुक्लागण्डकी नगरपालिकाका शिक्षा अधिकृत सुशील नरालले जानकारी दिए ।