दुलेगौंडा–छैठौं संस्करणको शिवरात्री कप सेभन ए साइड फुटबल प्रतियोगिताको उपाधि आयोजक नवप्रभात युवा क्लबले जितेको छ । बुधबार भएको फाइनल खेलमा रकगार्डेन युवा क्लब स्यालीबजारलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि रक्षा गरेको हो ।
शुक्लागण्डकी नगरपालिका–९ मालेबगरमा भएको फाइनल खेलमा नवप्रभातका राज कुवँरले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । दोस्रो हाफमा दुवै टोलीले गोल गर्ने प्रयास गरेपनि सम्भव भएन ।
उपाधिसँगै आयोजक नवप्रभातले ६० हजार रुपैयाँको साथमा कप, मेडल र प्रमाणपत्र हात पारेको छ । उपविजेता रकगार्डेन ४० हजार रुपैयाँमा चित्त बुझाउन बाध्य भयो ।
विजेता र उपविजेता समूहलाई शुक्लागण्डकी नगरपालिकाका उपमेयर खुमबहादुर विक ‘राजु’ ले पुरस्कार वितरण गरे ।
जनताले गर्ने खबरदारीलाई सम्मान गरेर अघि बढ्ने प्रतिवद्धता उनको थियो । नगरपालिकाले शिक्षा क्षेत्रमा सकरात्मक परिवर्तन ल्याउन काम गरिरहेको दाबी गरे । युवा र खेलकुद एक अर्काको पर्यावाची भएको उनले बताए ।