शुक्लागण्डकीमा मनाइयो सिरमुर राइफल्सको ८४ औं स्थापना दिवस

दुुलेगौंडा– ५/८ जीआर सिरमुर राइफल्सको ८४ औं स्थापना दिवस शुक्लागण्डकीमा मनाइएको छ । शनिबार शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारमा सिरमुुर भूपु परिवारका सदस्यहरु भेला भएर स्थापना दिवस मनाएका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुवेदार रनबहादुर थापाले सबै पुस्ताको जमघट भएकोमा खुशी व्यक्त गरे । सबै एकमत एकमन भएर लाग्नुपर्नेमा उनको जोड छ ।

सिरमुर भूपु परिवारका अध्यक्ष हनेरी सुवेदार रामबहादुर थापाले पल्टनमा हुदाको अनुभवलाई देश विकासमा लगाउनुपर्ने बताए । भ्रष्टचारमुक्त समाज निर्माणका लागि भूपुहरुले भूमिका खेल्नुपर्ने उनको भनाइ थियो ।


कार्यक्रमको सञ्चालन परिवारका सचिव गोपाल श्रेष्ठले र स्वागत उपाध्यक्ष हनेरी सुवेदार मनिराज आलेले गरेका थिए ।


स्थापना दिवसकाे अवसरमा भूपु परिवारले विभिन्न क्षेत्रमा सफल भएकालाई स्वागतसँगै सम्मान पनि गरेको थियो ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.